सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने « Khabarhub

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ । 

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउन समय लागेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासङ्घले जनाएको हो । 

‘सडक सुधार हुन नसक्दा उपत्यकादेखि बाहिर जान र आउनै समस्या छ । हामीले धेरै दिन अघिदेखि बुकिङ खुला गर्ने तर सवारीसाधन फर्केर आइपुगेन भने के गर्ने ? झन् समस्या हुन्छ । तसर्थ सडकको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउन सकिन्छ,’ महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने, ‘तर आम नागरिकले बसपार्कमा गएर दुई–तीन दिनअघिको टिकट लिन चाहनुभएमा रोकेका छैनौँ । टिकट अहिले पनि खुला छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण तय गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए ।

‘गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सडकहरू बाढी पहिरोका कारण बिग्रिएका थिए । दसैँमा घर जाने यात्रुलाई सहज थिएन । तर यस वर्ष सडकको अवस्था सहज छ,’ उनले भने, ‘बिग्रिएका सडक सुधारका लागि सडक विभागसँग छलफल र समन्वय भइरहेको छ । यस पटक यदि ठूलो वर्षा भएन भने समस्या नहोला ।’

पोखरेलले दसैँ लक्षित भाडादर पारदर्शी बनाउन, अनलाइन टिकटलाई प्राथमिकता दिन, सवारी साधनहरूको मर्मत गरेर मात्रै चलाउन, सिटको क्षमताभन्दा बढी यात्रु नबोक्नसमेत व्यवसायीलाई आग्रह गरे।

प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले सुरक्षित रूपमा यात्रुलाई गन्तव्यमा पुर्‍याउने गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता जनाए । रासस

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : २६ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर