जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो  « Khabarhub

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु भएका ३९ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ । 

४६ जनाको शव परिक्षणका लागि ल्याइएकोमा ३९ शवको परिक्षण गरिएको फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार बाँकी ७ जनाको शव चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए परिक्षण गर्नुपर्नेछ ।  

‘प्रहरीको पत्र आइसकेपछि डीएनए सुरु गर्छौँ। शव चिन्न नसक्ने अवस्थामा भएकाले  दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट परीक्षण गरिन्छ।’ डा। चौधरीले शव पूर्ण रुपमा नजलेकाले डीएनए परीक्षणका लागि नमुना निकाल्न नसकिने बताए । 

प्रदर्शनका क्रममा देशभर ७३ जनाको मृत्यु भएको छ। मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पताल र २ जनाको पाटन अस्पतालमा गरी जम्मा ४१ जनाको पोस्टमार्टम भएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ३ : २८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको