तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो « Khabarhub

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार सुरु गरिएको छ ।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार सोमबारदेखि कोरला नाकाबाट निकासी–पैठारी सुरु भएको हो ।

‘बाढी–पहिरोका कारण क्षतिग्रस्त तातोपानी र रसुवागढी भन्सारबाट आयात–निर्यात हुन सकेको छैन । चीनसँगको व्यापारका लागि सोमबारदेखि कोरला नाका सञ्चालनमा आएको छ । त्यहाँबाट नियमित जाँचपास सुरु भइसकेको छ’, बर्तौलाले भने ।

कोरला नाका सञ्चालनमा आएसँगै नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै यो नाकाबाट वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । 

विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै राष्ट्र बैङ्कले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा मुस्ताङ भन्सार नाकाबाटसमेत आयात गर्न सकिने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए । 

यसअघि बैंक तथा वित्तीय संस्थाले चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै आयात गर्न प्रतीतपत्र खोल्ने अनुमति पाएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : ५९ बजे

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७

धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर

बागमती– हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३