महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ « Khabarhub

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थीत पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरूले पार्टीको नियमित काममा फर्किएको जनाउँदै छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका हुन् ।

एमालेका युवा नेता महेश बस्नेतले पार्टी काममा लाग्न आग्रह गर्दै पार्टी पुरानै अवस्थामा फर्किएको बताए । उनले अब मिसन २०८२ को निर्वाचनमा लाग्ने उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन हुनै पर्ने धारणा राखे । 

बस्नेतले एमालेलाई कमजोर नठान्न चेतावनी दिँदै एक दुई दिनभित्र काठमाडौंमा युवाहरूको विशाल जुलुस निकाल्ने बताए । त्यस्तै संविधान दिवसको दिन असोज ३ गते पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्ने उनको भनाई छ । 

त्यस्तै एमालेका अन्य युवा नेताहरूले जेन-जी आन्दोलनका नाममा घुसपैठ गरेर तोडफोड तथा आगजनी गर्नेलाई कारबाही गर्नुपर्ने जनाएका थिए ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट एमाले पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ६ : ०३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको