महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ « Khabarhub

महेश बस्नेतले भने- पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउँछौँ


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थीत पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरूले पार्टीको नियमित काममा फर्किएको जनाउँदै छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका हुन् ।

एमालेका युवा नेता महेश बस्नेतले पार्टी काममा लाग्न आग्रह गर्दै पार्टी पुरानै अवस्थामा फर्किएको बताए । उनले अब मिसन २०८२ को निर्वाचनमा लाग्ने उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन हुनै पर्ने धारणा राखे । 

बस्नेतले एमालेलाई कमजोर नठान्न चेतावनी दिँदै एक दुई दिनभित्र काठमाडौंमा युवाहरूको विशाल जुलुस निकाल्ने बताए । त्यस्तै संविधान दिवसको दिन असोज ३ गते पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्ने उनको भनाई छ । 

त्यस्तै एमालेका अन्य युवा नेताहरूले जेन-जी आन्दोलनका नाममा घुसपैठ गरेर तोडफोड तथा आगजनी गर्नेलाई कारबाही गर्नुपर्ने जनाएका थिए ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट एमाले पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ६ : ०३ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा