मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन « Khabarhub

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन


३१ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएका प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका संरचनाको आज अवलोकन गरेका छन् । 

अवलोकनका क्रममा उनले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनःनिर्माण गरिने बताए। सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने मुख्यमन्त्री पाण्डेले बताए।  

जेन-जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उनले नेपाललाई कमजोर र असफल पार्न खोज्ने तत्त्वले विध्वंस मच्चाएको उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सबै पक्षबीच एकता र सहकार्यको जरूरी रहेको बताए।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ६ : १३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको