तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी « Khabarhub

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा प्रहरी प्रशासन जुटेको छ । आन्दोलनका क्रममा लिइएका फोटो, भिडियो, प्रत्यक्षदर्शीका भनाइलगायत अध्ययन गर्दै प्रहरीले त्यस्ता व्यक्तिहरूको खोजी थालेको हो ।

घटनाका दोषीहरूका बारेमा सूचनासमेत प्रहरीले मागेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार आगो लगाउने, तोडफोड गर्ने र लुटपाटमा संलग्न एवं उक्साहटमा लाग्नेहरूको सूची तयार भइरहेको छ । केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

उनले भने , “हामीले सार्वजनिक रूपमा सूचना समेत माग गरेका छौँ ।” आम नागरिकसँग फोटो, भिडियोसहितका सूचना र पीडितसँग उजुरी समेत प्रहरीले माग गरेको छ ।

ती सूचनालाई मुख्य आधार मानेर प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लुटिएका सामान राखिएका ठाउँहरूको खोजी समेत थालिएको बताउनुभयो । त्यस्ता सामग्री फिर्ता गर्न भनिएको र नभएमा जफत गरी प्रचलित कानुनअनुसार कडा कारकाही गरिने उनले जानकारी दिए ।

सुरक्षा निकायका सबै अङ्ग सूचना सङ्कलन र पहिचानमा जुटेको उहाँले बताउनुभयो । भदौ २४ गते भएको तोडफोड, आगजनीमा प्रदर्शनकारी १४ जना र सुरक्षाकर्मी १२ जना घाइते भएका थिए । सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु समेत भएको थियो ।

प्रदर्शनकारीले ७९ वटा सरकारी कार्यालय, १६ वटा निजी घर एवं व्यावसायिक प्रतिष्ठान र तीन वटा पार्टी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ८ : ४८ बजे

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका

अफ्रिकी महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा

आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा