‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी « Khabarhub

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा क्षति तथा आगजनी भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेशभर प्रदर्शनकारीले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका छन् । प्रहरीले तथ्याङ्क सङ्कलन गरिरहेको छ । आन्दोलनमा पाँचवटा सङ्घीय कार्यालय, सात प्रादेशिक कार्यालय, १७ जिल्ला तथा स्थानीय कार्यालय, १२ पार्टी कार्यालय, आठ वटा व्यक्तिगत तथा निजी घर र तीन वटा अन्य सङ्घसंस्थाका कार्यालयमा आगजनी तथा तोडफोड गरी क्षति पुगेको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै क्षति सुर्खेतमा भएको छ । सुुर्खेतमा २६ वटा सरकारी, निजी तथा पार्टी कार्यालयमा क्षति पु¥याएको छभने जुम्लामा छ वटा र मुगुमा दुईवटा भौतिक संरचनामा आगजनी तथा तोडफोड गरिएको छ ।

सुर्खेतमा कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा भवनलगायतका सरकारी संरचनामा आगजनी र तोडफोड गरिएको छ । यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा कार्यालयमा पनि क्षति पु¥याइएको छ ।

यस्तै, मुख्य राजनीतिक दलका पार्टी कार्यालयसहित पार्टी नेताहरूका निजी घरमा समेत आगजनी भएको छ । यहाँ १९ वटा सरकारी गाडी र १९ वटा मोटरसाइकलमा आगजनी भएको प्रहरीको प्रारम्भिक तथ्याङ्क छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार घिमिरेले दुई वटा निजी गाडी र पाँच वटा निजी मोटरसाइकलमा समेत आगजनी भएको तथ्याङ्क प्राप्त गरिएको जानकारी दिनुभयो । प्रदर्शनकारीले एम्बुलेन्स, शववाहन र दमकलमा समेत तोडफोड गरेका छन् ।

अन्य जिल्लामा समेत क्षतिको विवरण सङ्कलन भइरहेकाले सबै विवरण प्राप्त पछि सार्वजनिक गरिने प्रवक्ता घिमिरेले बताए । आगजनी तथा तोडफोडमा संलग्न भएकाहरूको खोजी कार्य पनि सँगसँगै अगाडि बढेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ०८ बजे

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका

अफ्रिकी महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा

आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा