टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित « Khabarhub

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै सोम्पाल कामी र नन्दन यादवले दुई दुई विकेट लिए भने सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे । ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाए ।

आज पनि उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए । त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे ।

ओमानका लागि नादिम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिए । यसअिघ नै विश्वकपमा छनोट भइसकेको नेपालले आजको खेलमा जित हात पारे ट्रफी जित्ने सम्भावना बलियो हुने छ ।

सुपर सिक्समा ओमानसँगै यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : ०८ बजे

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।