इस्टूलाई आफ्नै स्टाट्स गलपासो, कमेन्ट बक्समा गालीको वर्षा « Khabarhub

इस्टूलाई आफ्नै स्टाट्स गलपासो, कमेन्ट बक्समा गालीको वर्षा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र ओमानबीचको विश्वकप एसिया र इस्ट इसिया प्यासिफिक छनोट खेल हेर्दै गर्दा उत्साहित भएर फेसबुकमा राखेको स्ट्याट्सले सोसल मिडिया इन्फ्ल्युएन्सर इस्टू कार्कीलाई तनाव भएको छ ।

इस्टूले राखेको स्ट्याट्स द्विअर्थी भएपछि उनी आलोचित बनेकी हुन् । सामाजिक सञ्जालमा उनले यसबारेमा नकारात्मक टिप्पणी भोगिरहेकी छन् ।

उनको द्विअर्थी स्ट्याट्सको कमेन्ट बक्समा अश्लील प्रतिक्रियाहरु छरपष्ट छन् ।

उनलाई मुख्यत: दुई स्ट्याट्सले विवादमा ल्याएको हो । पहिला, ‘नन्दु बिस्तारै’ । दोस्रो, ‘सोम झार्देको ?’

अहिले भने इस्टूले दोस्रो स्ट्याट्सलाई सम्पादन गरेर ‘सोम विकेट झार्देको ?’ बनाएकी छन् । उनले बुधबार आधा रातमा ती स्ट्याटस राखेकी हुन् ।

इस्टूको स्ट्याटस पढ्नेले उनले प्रयोग गरेका शब्द यौन कर्मसँग जोडेका छन् ।

रातको समय उनको फेसबुकबाट यस्तो स्ट्याट्स आएपछि धेरैले मदिराको बेहोसीले काम गरेको बुझेका छन् ।

धेरै चर्चा भएपछि उनले भिडियोमार्फत् स्पष्टीकरण दिएकी छन् । त्यस भिडियोमा उनले स्ट्याट्समा आफूले चयन गरेको शब्द द्विअर्थी रहेको स्वीकार गरेकी छन् ।

नियतवस् उक्त द्विअर्थी शब्दहरु प्रयोग नगरेको उनले स्पष्टीकरण दिएकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘क्रिकेटको बारेमा जे बोल्दा नि दोहोरो अर्थ नै लाग्ने रहेछ ।’

खेलमा उत्साहित भएर स्ट्याट्स राख्दा शब्द चयनमा आफ्नो ध्यान नपुगेको उनको दाबी छ ।

उनले भनिन्, ‘छिटो स्ट्याट्स लेख्यो, पोस्ट गर्‍यो अनि टीभीमा खेल पनि हेर्नुप¥यो नि त । छिटो छिटो गर्दा त्यो भयो ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ११ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा