पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी « Khabarhub

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा युवाहरुलाई समेट्नु पर्ने बताएका छन् । एमालेको जारी दशौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बिहीबार पार्टीका केन्द्रीय सदस्य पहारीले युवा वर्गहरूलाई विशेष तरिकाले पार्टीका सबै कमिटीमा समेट्नु पर्ने आवाज उठाएका हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा नै बोल्दै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताए । पहारीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई समेटेर ४० प्रतिशत पार्टीका कमिटीमा राख्नु पर्नेमा जोड दिए ।

‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनु हुँदैन। विधिसम्मत प्रतिस्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो, जो मिति प्रस्ताव नै भइसकेको छ’, उनले भनेका छन्, ‘सम्पूर्ण आन्तरिक समस्याको समाधानको थलो हामीले त्यसैलाई मान्नु पर्दछ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : ३४ बजे

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित