पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी « Khabarhub

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा युवाहरुलाई समेट्नु पर्ने बताएका छन् । एमालेको जारी दशौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बिहीबार पार्टीका केन्द्रीय सदस्य पहारीले युवा वर्गहरूलाई विशेष तरिकाले पार्टीका सबै कमिटीमा समेट्नु पर्ने आवाज उठाएका हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा नै बोल्दै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताए । पहारीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको अवस्थामा युवा पुस्तालाई समेटेर ४० प्रतिशत पार्टीका कमिटीमा राख्नु पर्नेमा जोड दिए ।

‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनु हुँदैन। विधिसम्मत प्रतिस्पर्धा गर्ने थलो पार्टी महाधिवेशन हो, जो मिति प्रस्ताव नै भइसकेको छ’, उनले भनेका छन्, ‘सम्पूर्ण आन्तरिक समस्याको समाधानको थलो हामीले त्यसैलाई मान्नु पर्दछ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : ३४ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत