आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १६ तारिख। अन्तर्राष्ट्रिय सहनशीलता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । तपाईंको बोलीले साथी टाढा हुनसक्छन् । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रो छ । तपाईंले गरेका काम सहजै अगाडि बढ्नेछन् । समाजमा इज्जत बढ्नेछ । बौद्धिक क्षेत्रका साथीबाट सहयोग मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । साथीहरु टाढा हुने जोखिम छ । बोल्दा सचेत बन्नुपर्ने समय आएको छ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : मन अशान्त बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । विपक्षी एकजुट भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ । राज्यको तर्फबाट अवसर प्राप्त हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

सिंह : दिन सहज छ । सोचेका काम सहजै बन्नेछन् । वैदेशिक रमझमले मन तान्नसक्छ । लगानी भए फाइदा हुनेछ । बौद्धिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । आफन्तसँगको भेटघाटमा रमाउने दिन छ ।

कन्या : दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । खानपानमा ख्याल नगरेमा रोगले सताउने जोखिम हुन्छ । शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न कठिन हुने समय छ ।

तुला : दिन सहज छ । तपाईंले आज गरेको काम दीर्घकालीन बन्नेछ । महत्त्वपूर्ण निर्णयका लागि परिवारको साथ लिनु राम्रो हुनेछ । रााजनीतिक संगठनमा विपक्षीबाट जोगिएर काम गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दैनिक काम सामान्य ढंगले चल्नेछन् । ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ । साथीहरु तपाईंविरुद्ध सक्रिय हुने भएकाले कम बोल्नु राम्रो हुन्छ । सानो कुराले ठुलो झन्झट आइपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा गरेको प्रयास सफल हुने योग छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।  प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । नयाँ ठाउँको यात्रा तय हुनेछ । शुभ कार्यमा सहभागी हुने मौका मिल्नेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ ।

कुम्भ : दिन सामान्य छ । साथी र संगठनमा तपाईंको प्रशंसा हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । बिहान शिवको भजन सुन्नसकेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : आम्दानी भन्दा खर्च बढ्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ । व्यापारको सुरुवात गरेमा स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ । प्राविधिक क्षेत्रमा तपाईंले उपलब्धि प्राप्त गर्नु हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ०९ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी