दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो « Khabarhub

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हराएको छ। विश्वकपमा नेपालको यो दोस्रो जित हो।पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो। दोस्रो खेलमा भने भारतसँग पराजित भएको थियो।

अस्ट्रेलियाले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि विनिता सोमाइले अविजित ५६ रन बनाउँदा मनकेशी चौधरीले अविजित ४३ र सुस्मा तामाङले २२ रन थपे।

बलिङमा अस्ट्रेलियाकी कोर्टनी लुइसले एक विकेट हात पारिन्।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१, जेनिफर पेरीले ३० र अमेलिया हर्टले २१ रन बनाए। बलिङमा नेपालकी सुनिता भुजेलले एक विकेट हात पारेकी थिइन्।

अस्ट्रेलियाका पाँच खेलाडी रन आउट भएका थिए। जितसँगै तीन खेलबाट चार अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ५८ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट