कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर « Khabarhub

कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता बढ्दै जाँदा र कर्जाको माग बढ्न नसक्दा मुद्दतीतर्फको ब्याजदर निरन्तर घटेको छ । अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि मुद्दतीतर्फको ब्याजदर घटाउने भएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले मंसिर महिनाका लागि कात्तिक महिनाको तुलनामा मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । कात्तिक महिनामा वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ५.२० र संस्थागत मुद्दतीतर्फ ३.६८ रुपैयाँ रहेको थियो । 

तर, मंसिर महिनाका लागि वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दतीतर्फ औसत ०.१७ प्रतिशतले ब्याजदर घटेको छ भने संस्थागत मुद्दतीतर्फ ०.१० प्रतिशतले ब्याजदर घटेको छ । जसले गर्दा मंसिर महिनाका लागि वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ५.०३ र संस्थागत मुद्दतीतर्फ ३.५८ प्रतिशत कायम हुन पुगेको छ ।

मुद्दतीतर्फको ब्याजदरमा निरन्तर गिरावट आउँदा पनि ग्लोबल आईएमई बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ सबैंभन्दा धेरै ६ प्रतिशत ब्याजदर कायम गरेको छ । 

मंसिर महिनाका लागि स्टान्डर्ड चाटर्ड बैंक र कृषि विकास बैंकले व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा थोरै ४.७० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

कात्तिक महिनाको तुलनामा मंसिर महिनाका लागि कृषि विकास, कुमारी, नेपाल एसबिआई, प्राइम, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा र एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । त्यस्तै, संस्थागत मुद्दतीतर्फको ब्याजदर भने नेपाल एसबिआई, हिमालयन, नबिल, सानिमा, एनआाईएमबी र एनआईसी एसियाले मात्रै घटाएको बैंकहरूद्वारा सार्वजनिक सूचनामा उल्लेख छ ।

मंसिर महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ एभरेष्टको ५, नेपाल बैंकको ५.२५, कुमारीको ४.९१, नेपाल एसबिआईको ४.८०, लक्ष्मी सनराईजको ५, प्राइमको ४.७५, सिटिजन्सको ४.७५, र प्रभु बैंकको ४.९५ प्रतिशत कायम हुने भएको छ ।

त्यस्तै, माछापुच्छ्रे ५, एनएमबिको ५, हिमालयनको ५.५०, सिद्धार्थको ५, नबिलको ४.७५, सानिमाको ५, राष्ट्रिय वाणिज्यको ५.५०, एनआईएमबी र एनआईसी एसियाको ५ प्रतिशत ब्याजदर कायम हुने भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ५३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज