एनपीएलको दोस्रो संस्करण सोमबारदेखि, पहिलो खेलमा काठमाडौं र जनकपुर भिड्ने « Khabarhub

एनपीएलको दोस्रो संस्करण सोमबारदेखि, पहिलो खेलमा काठमाडौं र जनकपुर भिड्ने


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट सुरू हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपरान्ह ४ बजे सुरू हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने छन् । लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ ।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ । एनपीएलमा लिग चरण, तीनवटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरि आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ५५ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा