एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट « Khabarhub

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र भारतीय क्रिकेटर शिखर धवन बने ।

पहिलो सिजनका खेलाडीमध्ये सबैभन्दा ठूलो र चर्चित नाम उनकै थियो । विश्व क्रिकेट र विश्व चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपीएल) का उनी स्टार खेलाडीसमेत हुन् ।

यही मंसिर १ गते सोमबारदेखि एनपीएलको दोस्रो सिजन सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।

एनपीएलका आठै टिमले आफ्ना विदेशी खेलाडीहरुलाई स्वेदशमा स्वागत गरिरहेका छन् । खेलाडीहरू नेपाल आउने क्रम जारी छ ।

यस वर्ष स्टार खेलाडीको आगमनले एनपीएलको पर्खाइमा रहेका दर्शकलाई थप चासो दिन बाध्य पारेको छ । यो सिजनको एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम फाप डु प्लेसिस हो ।

करिअर

४१ वर्षीय डु प्लेसिस साउथ अफ्रिकाका पूर्वकप्तान हुन् । उनी सन् २०११ देखि सन् २०२१ सम्म अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय थिए । उनी विश्व चर्चित मध्यक्रमका ब्याटर र फिल्डर हुन् ।

उनीसँग तीनै फर्म्याटमा दक्षिण अफ्रिकी टिमलाई कप्तानी गरेको अनुभव छ । उनले विराटनगर किङ्सबाट एनपीएल खेल्दैछन् ।

डु प्लेसिसको कप्तानी अवधि :

टी–ट्वान्टी : सन् २०१६–२०१९
ओडीआई : सन् २०१३–२०१९
टेस्ट : सन् २०१७– २०२०

आईपीएलमा टिम रोयल च्यालेच्जर बेंगलुरु (आरसीबी) ले पनि उनको कप्तानीमा खेलेको छ । सन् २०२२–०२४ मा आसीबीले उनको कप्तानीमा आईपीएल खेलेको थियो ।

उनी आबद्ध रहेकै बेला चेन्नई सुपर किङले दुई पटक सन् २०१८ र २०२१ मा आईपीएलको उपाधि जितेको थियो ।

उनले ४२४ टी–ट्वान्टी खेलमा ११ हजार ९०६ रान जोडेका छन् । यसमा आठ शतक र ८३ अर्धशतक समावेश छ ।

टी–ट्वेटीमा उनले २११ क्याच लिएर आफूलाई स्टार फिल्डरका रुपमा साबित गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ६ : ०४ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६