ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन « Khabarhub

ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट प्यारापिछ समयमै बन्नुमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भूमिका रहेको बताएका छन्।

उनले एनपीएलको दोस्रो संस्करणअघि आइतबार स्टेडियममा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै ओली सरकारले तोकेको कडा समयसीमाले यो निर्माण ढिलो हुनबाट जोगिएको बताए।

डे–नाइट क्रिकेट हेर्ने सबैको चाहना पूरा हुन लागेको भन्दै उनले खेलकुद मन्त्रालयले बनाउन नसक्ने भएकोले शहरी विकास मन्त्रालयमार्फत बनाइएको पनि बताएका छन्।

चन्दले सुशीला कार्की नेतृत्वको सरकारको तदारुकतामा पनि धन्यवाद दिए। कीर्तिपुर रंगशालाको सफलताले इच्छाशक्ति र समन्वय भए नेपालमै ठूला पूर्वाधार बनाउन सकिने प्रमाणित भएको पनि बताएका छन्।

खेलकुद पूर्वाधारलाई व्यक्तिगत र राजनीतिक स्वार्थका कारण अन्यत्र सारिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै चन्दले मन्त्री र जनप्रतिनिधिलाई वास्तविक आवश्यकता बुझेर लगानी गर्न भने । एनपीएलको दोस्रो संस्करण नेपाली क्रिकेटका लागि महत्वपूर्ण अध्याय हुने चन्दले बताएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ५१ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा