ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन « Khabarhub

ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट प्यारापिछ समयमै बन्नुमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भूमिका रहेको बताएका छन्।

उनले एनपीएलको दोस्रो संस्करणअघि आइतबार स्टेडियममा आयोजित हस्तान्तरण कार्यक्रममा बोल्दै ओली सरकारले तोकेको कडा समयसीमाले यो निर्माण ढिलो हुनबाट जोगिएको बताए।

डे–नाइट क्रिकेट हेर्ने सबैको चाहना पूरा हुन लागेको भन्दै उनले खेलकुद मन्त्रालयले बनाउन नसक्ने भएकोले शहरी विकास मन्त्रालयमार्फत बनाइएको पनि बताएका छन्।

चन्दले सुशीला कार्की नेतृत्वको सरकारको तदारुकतामा पनि धन्यवाद दिए। कीर्तिपुर रंगशालाको सफलताले इच्छाशक्ति र समन्वय भए नेपालमै ठूला पूर्वाधार बनाउन सकिने प्रमाणित भएको पनि बताएका छन्।

खेलकुद पूर्वाधारलाई व्यक्तिगत र राजनीतिक स्वार्थका कारण अन्यत्र सारिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै चन्दले मन्त्री र जनप्रतिनिधिलाई वास्तविक आवश्यकता बुझेर लगानी गर्न भने । एनपीएलको दोस्रो संस्करण नेपाली क्रिकेटका लागि महत्वपूर्ण अध्याय हुने चन्दले बताएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ५१ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६