त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ « Khabarhub

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरु हुँदै छ। सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण गर्‍यो।

कार्यक्रममा मन्त्री घिसिङले क्रिकेट रंगशालालाई उज्यालो बनाउन पाउँदा उत्साहित भएको बताए। एनपीएल आयोजना सुरु हुनुअगावै सम्पन्न गर्न दुई महिनाअगाडि नै आफू निरीक्षण गर्न आएको उल्लेख गर्दै उनले यो पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्।

मन्त्री घिसिङले निर्माण कम्पनीलाई समयमा सम्पन्न गर्न लगातार आग्रह गरेको र त्यसअनुरूप समयमा सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दि।

उनले वर्तमान सरकारले दोस्रो चरणमा त्रिवि मैदानको निर्माण गर्न टेन्डर आह्वान भइसकेको बताएका छन्। २/३ वर्षभित्र यो रंगशाला निर्माणले पूर्णता पाउने र क्रिकेट समर्थकले खुसी पाउने उनले आशा गरेका छन्।

साथै, मन्त्री घिसिङले टी ट्वान्टी विश्वकपमा छनोट भएको नेपाली टोलीको तयारीमा सहयोग गर्ने विश्वास व्यक्त गरे । ठूलो अन्तर्राष्ट्रिय क्रिकेट नेपालमा आयोजना गराउने माध्यम सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : ४४ बजे

प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार दृढ छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र

झापामा ‘टुरिस्ट’बाट ‘ज्वाइँ’ उम्मेदवार बालेन, रवि बिरामी हुँदा एक्लै देश दौडाहा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह फागुन २१

सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी

गलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति ३० दिन मात्र बाँकी रहँदा

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी

दरखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण