आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर १६ तारिख । पौष कृष्ण पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यमा सुधार हुनेछ । पठनपाठनमा मन जानेछ । प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ । व्यापारमा फाइदा होला ।

वृष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा आलश्यले समय लिनेछ । गफगाफमा दिन बित्नेछ । सञ्चित धनको खर्च हुनेछ । दाजुभाइसँगको सहकार्यमा गरेको काममा राहत मिल्नेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । साथीको साथ र सहयोग मिल्नेछ । विदेशी लगानी भए फाइदा हुनेछ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुनेछ ।

कर्कट : साथीभाइले सहयोग गर्नेछन् । मन प्रशन्न रहनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । नयाँ लुगा लगाउने अवसर मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्न नजान्दा खटपटी बढ्नेछ ।

सिंह : दिन राम्रो छ । रोगबाट मुक्त हुने दिन छ । साथीभाइ दाहिना भएकाले आफ्नो काम गर्न सहज हुनेछ । आर्जन भएको सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल मिल्नेछ ।

कन्या : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । पढ्न जोस र जाँगर बढ्नेछ । अरुलाई लडाएर आफू रमाइलो गर्ने समय आएको छ । परिवारमा भने शंकाको घेरामा पर्ने भएकाले सचेत बन्नुपर्ने समय छ ।

तुला : मनमा उत्साह बढ्नेछ । आम्दानीका स्रोत सबल बन्नेछन् । आफूभन्दा बौद्धिक साथीसँग परामर्श गर्दा फाइदा हुनेछ । पुरानो रोगले सताउने जोखिम छ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ ।

वृश्चिक : सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । खर्च बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा राम्रो हुनेछ ।

धनु : दिन राम्रो छ । थोरै मिहिनेतमा महत्त्वपपूर्ण काम बन्नेछ । व्यापारमा लगानी गर्नुपर्ने समय छ । स्वास्थ्यमा लाभ मिल्नेछ । शत्रु सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन छ । कर्मशील साथीसँग भेट हुनेछ । साथीसँगको भेटले महत्त्वपूर्ण काम अगाडि बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ ।

कुम्भ : पठनपाठनमा मन जानेछ । धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्नेछ । बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ ।

मीन : आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यका अंगमा काम गर्ने अवसर मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : १६ बजे

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक