प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक (तस्बिरहरू) « Khabarhub

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक (तस्बिरहरू)


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।  

बैठकमा विधानको मस्यौदामाथि छलफल हुने नेताहरुले जनाएका छन् । केन्द्रीय समितिको बैठकमा छलफल भएपछि विधान मस्यौदालाई तल्लो तहमा छलफलका लागि पठाइने र छलफलबाट आएका सुझावमा आधारमा पारित गरिने प्रलोपा नेता राम कार्कीले जानकारी दिए । 

उनले पार्टीले अवलम्बन गर्ने समाजवादको कस्तो हुने भन्ने विषय पनि सबैको सुझावका आधारमा तय गरिने बताए  । प्रथम पूर्ण बैठकमा केन्द्रीय सदस्यलाई शपथ गराउने क्रममा सदस्यहरुले समाजवादका बारेमा प्रश्न उठाएका थिए । 

नेता कार्कीले अहिले विधानलाई अन्तिम रूप दिन बाँकी रहे पनि शपथ ग्रहणका लागि समुन्नत समाजवाद भन्ने शब्द मात्रै राखिएको स्पष्ट पारेका थिए ।

त्यसपछि पार्टीका संरक्षण डा बाबुराम भट्टराई अध्यक्ष मण्डललगायत केन्द्रीय सदस्यहरुलाई शपथ गराएका थिए । बैठक बुधबारसम्म चल्ने प्रलोपाले जनाएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : ३६ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु