प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक (तस्बिरहरू) « Khabarhub

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक (तस्बिरहरू)


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।  

बैठकमा विधानको मस्यौदामाथि छलफल हुने नेताहरुले जनाएका छन् । केन्द्रीय समितिको बैठकमा छलफल भएपछि विधान मस्यौदालाई तल्लो तहमा छलफलका लागि पठाइने र छलफलबाट आएका सुझावमा आधारमा पारित गरिने प्रलोपा नेता राम कार्कीले जानकारी दिए । 

उनले पार्टीले अवलम्बन गर्ने समाजवादको कस्तो हुने भन्ने विषय पनि सबैको सुझावका आधारमा तय गरिने बताए  । प्रथम पूर्ण बैठकमा केन्द्रीय सदस्यलाई शपथ गराउने क्रममा सदस्यहरुले समाजवादका बारेमा प्रश्न उठाएका थिए । 

नेता कार्कीले अहिले विधानलाई अन्तिम रूप दिन बाँकी रहे पनि शपथ ग्रहणका लागि समुन्नत समाजवाद भन्ने शब्द मात्रै राखिएको स्पष्ट पारेका थिए ।

त्यसपछि पार्टीका संरक्षण डा बाबुराम भट्टराई अध्यक्ष मण्डललगायत केन्द्रीय सदस्यहरुलाई शपथ गराएका थिए । बैठक बुधबारसम्म चल्ने प्रलोपाले जनाएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : ३६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको