गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र « Khabarhub

गोदरेजको ४ वर्षे व्यापक वारेन्टी : गोदरेजसँग मात्र


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे व्यापक वारेन्टीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

‘गोदरेजसँग मात्र’ ट्यागलाइनसहित सुरु गरिएको यो व्यापक वारेन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको छ । 

गोदरेजले वाशिङ मेसिनहरूमा ४ वर्षको व्यापक वारेन्टीसँगै १० वर्षको मोटर वारन्टी प्रदान गर्दै मर्मत, पार्ट्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यी वाशिङ मेसिनहरू ‘एआई-संचालित टर्बिडिटी सेन्सिङ’ प्रविधिसहित डिजाइन गरिएका छन् । यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टलाई आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ । यसले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्दै, सामान्य रिन्सिङ साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ ।

कम्पनीका अनुसार यी वाशिङ मेसिनहरू इओन रेगालिस सिरिजअन्तर्गत ८  केजी र ९ केजी क्षमता (म्याट ब्ल्याक र रोज गोल्ड रङमा) नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध छन् ।  

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १ : ४२ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल