जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’ « Khabarhub

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका छन्। 

मङ्गलबार ओली समूहले केन्द्रीय सदस्यमा उनको नाम समावेश गरिएको भन्ने कुरा आएपछि खबरहबले सोधेको प्रश्नमा उनले भने, ‘म कुनै प्यानलको उम्मेदवार होइन म एमालेको साझा उम्मेदवार हुँ।’

बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमा इलामबाट निर्वाचित नेम्वाङ युवामाझ लोकप्रिय नेता हुन् ।

सुरुमा उनको नाम ओलीसम्मले केन्द्रीय सदस्यमा समावेश गरेपनि इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतसँगको लफडाका कारण उनको नाम हटाइएको थियो।

अग्रज हुँदाहुँदै पनि केन्द्रीय सदस्यमा सुहाङको नाम राखिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए।

त्यसपछि  क्षेत्र नम्बर १ का पूर्व सांसद बस्नेत र दुईका पूर्व सांसद नेम्बाङ दुवैको नाम ओलीको प्यानलमा केन्द्रीय कमिटीमा थिएन  । 

तर चर्को आलोचना भएपछि मङ्गलबार ओलीले उनको नाम आफ्नो प्यानलमा समावेश गरिएको दाबी गरिएको छ। 

नेम्वाङ पक्षले भने आफ्नो जित सुनिश्चित भएपछि ओलीले आफ्नो नाम समावेश गरेजस्तो रणनीति बनाएको दाबी गरेको छ। 

महाधिवेशनस्थलमा निकै आकर्षक र लोकप्रिय देखिएका नेम्वाङलाई खुला केन्द्रीय सदस्यमा पनि प्रतिनिधिले जिताउने आँकलन गरिन्छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ०८ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको