जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’ « Khabarhub

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका छन्। 

मङ्गलबार ओली समूहले केन्द्रीय सदस्यमा उनको नाम समावेश गरिएको भन्ने कुरा आएपछि खबरहबले सोधेको प्रश्नमा उनले भने, ‘म कुनै प्यानलको उम्मेदवार होइन म एमालेको साझा उम्मेदवार हुँ।’

बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमा इलामबाट निर्वाचित नेम्वाङ युवामाझ लोकप्रिय नेता हुन् ।

सुरुमा उनको नाम ओलीसम्मले केन्द्रीय सदस्यमा समावेश गरेपनि इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतसँगको लफडाका कारण उनको नाम हटाइएको थियो।

अग्रज हुँदाहुँदै पनि केन्द्रीय सदस्यमा सुहाङको नाम राखिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका थिए।

त्यसपछि  क्षेत्र नम्बर १ का पूर्व सांसद बस्नेत र दुईका पूर्व सांसद नेम्बाङ दुवैको नाम ओलीको प्यानलमा केन्द्रीय कमिटीमा थिएन  । 

तर चर्को आलोचना भएपछि मङ्गलबार ओलीले उनको नाम आफ्नो प्यानलमा समावेश गरिएको दाबी गरिएको छ। 

नेम्वाङ पक्षले भने आफ्नो जित सुनिश्चित भएपछि ओलीले आफ्नो नाम समावेश गरेजस्तो रणनीति बनाएको दाबी गरेको छ। 

महाधिवेशनस्थलमा निकै आकर्षक र लोकप्रिय देखिएका नेम्वाङलाई खुला केन्द्रीय सदस्यमा पनि प्रतिनिधिले जिताउने आँकलन गरिन्छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ०८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका