पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता « Khabarhub

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५५२ रुपैयाँ को कुल वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता प्राप्त गरेको छ । उद्योग विभागका अनुसार सो अवधिमा कुल ४३८ परियोजनाहरूमा सो विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

क्षेत्रगत रूपमा वैदेशिक लगानी प्रतिबद्धता रकमको विश्लेषण गर्दा, कृषि तथा वनमा आधारित उद्योगहरूले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् । यस क्षेत्रमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ को लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ५७ प्रतिशत हो ।

लगानी आकर्षित गर्ने दोस्रो प्रमुख क्षेत्र पर्यटन रहेको छ । पर्यटन क्षेत्रमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ को प्रतिबद्धता प्राप्त भएको छ, जसले कुल लगानीको २६ प्रतिशत हिस्सा ओगटेको छ । यसपछि सेवा क्षेत्रमा ९ प्रतिशत अर्थात् ३ अर्ब ३८ करोड ६० लाख रुपैयाँको प्रतिबद्धता आएको छ ।

यद्यपि, प्रतिबद्धता भएका परियोजनाहरूको संख्या हेर्दा भने सूचना प्रविधिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ । आईसीटी क्षेत्रमा कुल २३६ परियोजनाहरू स्वीकृत भएका छन्, जुन कुल परियोजना सङ्ख्याको ५४ प्रतिशत हो ।

पर्यटन क्षेत्रले सङ्ख्याका आधारमा पनि दोस्रो स्थान ओगटेको छ, जसमा १३५ परियोजनाहरू (३१ प्रतिशत) स्वीकृत भएका छन् । साथै, निर्माणमूलक क्षेत्रमा २४ परियोजनाहरूको प्रतिबद्धता आएको छ, जुन ६ प्रतिशत हो ।

समीक्षा अवधिमा स्वीकृत भएका अधिकांश वैदेशिक लगानी परियोजनाहरू सानो उद्योग अन्तर्गत पर्दछन्, जसको संख्या ४२३ रहेको छ । सो अवधिमा मध्यमस्तरका ७ र ठूलो स्तरका ८ परियोजनाहरू मात्र स्वीकृत भएका छन् ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म स्वीकृत भएका यी परियोजनाहरूबाट ३६ हजार १५३ जनाका लागि रोजगारी सिर्जना हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : १० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६