पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता « Khabarhub

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५५२ रुपैयाँ को कुल वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता प्राप्त गरेको छ । उद्योग विभागका अनुसार सो अवधिमा कुल ४३८ परियोजनाहरूमा सो विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

क्षेत्रगत रूपमा वैदेशिक लगानी प्रतिबद्धता रकमको विश्लेषण गर्दा, कृषि तथा वनमा आधारित उद्योगहरूले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् । यस क्षेत्रमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ को लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ५७ प्रतिशत हो ।

लगानी आकर्षित गर्ने दोस्रो प्रमुख क्षेत्र पर्यटन रहेको छ । पर्यटन क्षेत्रमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ को प्रतिबद्धता प्राप्त भएको छ, जसले कुल लगानीको २६ प्रतिशत हिस्सा ओगटेको छ । यसपछि सेवा क्षेत्रमा ९ प्रतिशत अर्थात् ३ अर्ब ३८ करोड ६० लाख रुपैयाँको प्रतिबद्धता आएको छ ।

यद्यपि, प्रतिबद्धता भएका परियोजनाहरूको संख्या हेर्दा भने सूचना प्रविधिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ । आईसीटी क्षेत्रमा कुल २३६ परियोजनाहरू स्वीकृत भएका छन्, जुन कुल परियोजना सङ्ख्याको ५४ प्रतिशत हो ।

पर्यटन क्षेत्रले सङ्ख्याका आधारमा पनि दोस्रो स्थान ओगटेको छ, जसमा १३५ परियोजनाहरू (३१ प्रतिशत) स्वीकृत भएका छन् । साथै, निर्माणमूलक क्षेत्रमा २४ परियोजनाहरूको प्रतिबद्धता आएको छ, जुन ६ प्रतिशत हो ।

समीक्षा अवधिमा स्वीकृत भएका अधिकांश वैदेशिक लगानी परियोजनाहरू सानो उद्योग अन्तर्गत पर्दछन्, जसको संख्या ४२३ रहेको छ । सो अवधिमा मध्यमस्तरका ७ र ठूलो स्तरका ८ परियोजनाहरू मात्र स्वीकृत भएका छन् ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म स्वीकृत भएका यी परियोजनाहरूबाट ३६ हजार १५३ जनाका लागि रोजगारी सिर्जना हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : १० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट