चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बर निवर्तमान अध्यक्षको आग्रह  « Khabarhub

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बर निवर्तमान अध्यक्षको आग्रह 


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरूलाई आग्रह गरेका छन्  । 

चाइनिज जनरल एसोसिएसन अफ इण्डष्ट्रि एण्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए ।

प्राकृतिक स्रोतसाधन, रणनीतिक एवं भौगोलिक अवस्थिति, ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल  लगानीका लागि उपयुक्त रहेको निवर्तमान अध्यक्ष मल्लको भनाई छ । 

उनले भने, चिनियाँ लगानीबाट नेपालमा हुने उत्पादनले भारत र चिनियाँ बजारमा सहज पहुँच विस्तार गर्न सकिन्छ।’ नेपालमा वैदेशिक लगानीको सुरक्षाप्रति वर्तमान सरकारको स्पष्ट प्रतिविद्धताले पनि लगानीको वातावरण राम्रो बन्दै गएको निवर्तमान अध्यक्ष मल्लले बताए  । 

जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र रियल इस्टेटजस्ता क्षेत्रहरूमा अपार सम्भावना रहेको उनले उल्लेख गरे । यी क्षेत्रमा चिनियाँ लगानी भित्रिएमा आधुनिक प्रविधि, ठूलो पूजी र विकास अनुभव मार्फत रोजगारी सिर्जना, उद्योग निर्माण र राष्ट्रिय रूपान्तरणलाई तीव्रता दिन सकिने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ ।

चिनियाँ उद्यमी व्यवसायीसँग सहकार्य गर्न तयार रहेको भन्दै मल्लले लगानीका लागि स्थिर, मैत्रीपूर्ण र प्रतिफलको सुनिश्चितता गराइने बताए । अध्यक्ष मल्लले भने,‘नेपालमा लगानीको सही समय यही हो, अवसरहरू विस्तार हुँदै गएका छन् र चीनसँगको साझेदारी झन् बलियो बन्दै गएको छ। ’

नेपाल–चीन सहकार्यले दुवै राष्ट्रका लागि साझा समृद्धि हासिल गर्न सकिने निवर्तमान अध्यक्ष मल्लले बताए । नेपाल चीनबीच सातौँ शताब्दी देखि नै ऐतिहासिक सम्बन्ध कायम रहेको भन्दै उनले नेपालकी भृकुटीको तिब्बतका राजासँग विवाह भएको प्रसङ्गको स्मरण गरे ।

नेपालका लागि चिनियाँ राजदूत चेन जोङले नेपालको पर्यटन, कृषि लगायतका क्षेत्रमा चिनियाँ लगानी विस्तार भइरहेको बताए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : ५१ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६