एमालेमा नयाँ नेतृत्वका लागि साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान « Khabarhub

एमालेमा नयाँ नेतृत्वका लागि साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंसिर २७–२९, २०८२ मा आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि समयतालिका परिमार्जन गरेको हो।

संशोधित कार्यक्रम अनुसार मतदान मंगलबार साँझ ७ बजेदेखि बिहान १ बजेसम्म हुनेछ। मतगणना, परिणाम घोषणा, प्रमाणपत्र प्रदान तथा शपथ ग्रहण महाधिवेशन स्थलमै गरिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले जारी गरेको सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रममा थप परिवर्तन वा समय तालिका हेरफेर गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ४ : ४३ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा