भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि « Khabarhub

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंसिर २७–२९, २०८२ मा आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि समयतालिका परिमार्जन गरेको हो।

संशोधित कार्यक्रम अनुसार मतदान मंगलबार साँझ ७ बजेदेखि बिहान १ बजेसम्म हुनेछ। मतगणना, परिणाम घोषणा, प्रमाणपत्र प्रदान तथा शपथ ग्रहण महाधिवेशन स्थलमै गरिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले जारी गरेको सूचनामा आवश्यक परेमा निर्वाचन कार्यक्रममा थप परिवर्तन वा समय तालिका हेरफेर गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ३१ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण