किन स्थगित भयो एमालेको मतदान? « Khabarhub

किन स्थगित भयो एमालेको मतदान?


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान गर्ने तालिका थियो। मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसिसकेपछि एकाएक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

हामीले मतदान किन स्थगित भएको भनेर नेता कर्ण थापालाई सोध्दा प्राविधिक कारण भएको प्रतिक्रिया दिए।

‘मतदान आज हुन सकेन प्राविधिक कारणले। प्रतिनिधिहरु लाइनमा बसिसकेको अवस्था थियो,’ उनले भने, ‘मेसिनमा उम्मेदवारको नाम अल्फाबेटअनुसार नमिलेको कारणले स्थगित भएको भनेर प्राविधिकहरुले भनेका छन्।’

उनले मेसिनमाथि नै विश्वसनीयताको प्रश्न उठेको पनि बताए। एमाले महाधिवेशनमा ८० वटा मेसिनबाट मतदान गर्ने गरी व्यवस्था गरिँदैछ। यसपटक अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक पुनः निर्वाचित हुने रणनीतिमा छन् भने। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीलाई पराजित गरेर नेतृत्वमा जाने ध्याउन्नमा छन्। दुवैले प्यानलनै तयार पारेर चुनावी मैदानमा होमिएका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : २५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका