पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च | Khabarhub Khabarhub

पाँच महिनामा विदेश अध्ययनमा नेपालीले गरे ४७ अर्ब ३४ करोड खर्च


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले बढेर ८५ अर्ब एक करोड पुगेको छ।

त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो।

गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले बढेर ३५ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : १२ बजे

विर्तामोडमा एमालेको जनसभा

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा बिर्तामोडमा आज

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

एनपीएलको तयारी पूरा, विजेता टोलीले पाउँनेछ एक करोड १० लाख

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई