देशबाट खेदिएका भुटानीको कथामा फिल्म ‘ल्हो– छाम्पा’ बन्ने « Khabarhub

देशबाट खेदिएका भुटानीको कथामा फिल्म ‘ल्हो– छाम्पा’ बन्ने


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् १९९० को दशकमा भुटानबाट खेदिएका नेपाली भाषीहरूको कथामा फिल्म ‘ल्हो–छाम्पा’ बन्ने भएको छ ।

निर्माण पक्षका अनुसार यस फिल्मलले नेपालीभाषी भुटानी स्वदेशबाट लखेटिँदाको अवस्था, शरणार्थी शिविरका समस्या र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा भोग्नु परेको पीडा उजागर गर्नेछ ।

यो फिल्मको निर्माता अर्जुन सुवेदी हुन् । उनी तेस्रो देश पुनर्वासक्रममा अमेरिका रहेका भुटानीमूलका नागरिक हुन् ।

आफूहरूले भोगेका घटना दस्तावेजका रुपमा राख्न फिल्म निर्माण गर्ने सोच पलाएको निर्माता सुबेदी बताउँछन् ।

भन्छन्, ‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले भोगेको सास्ती दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्य हो ।’

फिल्मका कलाकार चयन हुन बाँकी रहेको सुवेदीले बताए । यो फिल्मको पटकथा सामीप्यराज तिमल्सेना हुन् । निर्देशक भने नरेशकुमार केसी हुन् ।

नक्षत्र लाइभ म्युजिकको प्रस्तुती रहने यस फिल्मको छायाङ्कन वैशाखको दोस्रो सातादेखि सुरु गर्ने योजनाका साथ तयारी भइरहेको निर्माता सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : ३९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले