‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल एमालेमा छिर्छन्’ « Khabarhub

‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल एमालेमा छिर्छन्’


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)लेका महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा पहिला अघि प्रवेश गर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत नेताहरूलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

१५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण प्रवेशको ढोका बन्द गरेको उल्लेख गर्दै महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न तयार रहेको बताए ।

‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नु भएको छ । अब उहाँले जति नै रोईकराई गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश लहरलाई रोक्न सक्नुहुन्न ।’

एमाले भित्र मत राख्न पाइँदैन, बहस गर्न पाइँदैन भन्ने भाष्य बनाएर गएका नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : ४४ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस