एउटा भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक « Khabarhub

एउटा भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा एउटा भयानक दुर्घटना भएको छ ।

उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो ।

ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे ।

स्थानीयले पानी खन्याएर आगो निभाउन कोसिस गरे पनि सफल हुन सकेनन् । पानी खन्याएर आगो ननिभ्दा मोटरसाइकल चालक तामाङ घटनास्थलमै जलेर ज्यान गुमाउन बाध्य भए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : ०८ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण