वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ’सत्य र न्यायको खोजी अभियान’ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । 

शुक्रबार बार परिसर रामशाहपथमा पत्रकार सम्मेलन गर्दै अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले सहकारीजस्तो संवेदनशील मुद्दामा पीडितका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण हुनु निन्दनीय रहेको भन्दै दोषीलाई कारबाही गर्न माग गरे ।

उनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण हुँदा पनि सरोकारवाला निकायले कुनै धारणा सार्वजनिक नहुनु दुखद भएको बताए । त्रिपाठीमाथि आक्रमण गरेको सिसिटिभि फुटेज समेत स्पष्ट देखिएको भन्दै श्रेष्ठले दोषीलाई अविलम्ब कानूनी दायरामा ल्याउन माग गरे ।

उनले वरिष्ठ अधिवक्तामाथि भएको आक्रमण अदालतमाथिको आक्रमण भएको उल्लेख गरे  । वरिष्ठ अधिवक्तामाथि आक्रमण हुँदा बार एशोशियसन मौन रहनु उचित नभएको उनको भनाइ छ ।

यही बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : २७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको