लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवा विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सो प्रसूति शल्यक्रिया कक्षको औपचारिक उद्घाटन गरे । उपचार सेवालाई छिटोछरितो बनाउन थप गरिएका शल्यक्रिया कक्ष महत्वपूर्ण हुने उनले बताए । उनले भने, ‘अब शल्यक्रियाका लागि बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुन्छ भन्ने लागेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा वासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा विनोद गिरी, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा इन्द्र ढकाललगायतको सहभागिता थियो ।

विगत तीन वर्षको तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक नौ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्षमा १२ हजार ९८ जनाले प्रसूति सेवा लिएका छन् । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ०९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ