अन्तरिक्षमा दुई ओटा यान जोड्ने चौथो देश बन्यो भारत « Khabarhub

अन्तरिक्षमा दुई ओटा यान जोड्ने चौथो देश बन्यो भारत


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तरिक्षमा सफलतापूर्वक दुई ओटा अन्तरिक्षयान डक गर्नेमा भारत चौथो देश बनेको छ । बिहीबार बिहान इन्डियन स्पेस रिसर्च एजेन्सी (इसरो)ले पहिलोपटक सफलतापूर्वक डकिङ गरेको हो ।

यसअघि रुस, अमेरिका र चीनले मात्र सफलतापूर्वक डक गरेका थिए । स्पेस डकिङ भन्नाले अन्तरिक्षमा दुई ओटा अन्तरिक्ष यान जोड्नु हो । यो प्रविधि भारतको भविष्यको महत्त्वाकांक्षी अन्तरिक्ष स्टेसन निर्माण र विभिन्न अन्तरिक्ष मिसनका लागि अत्यावश्यक भएको बताइएको छ ।

भारतले चन्द्रयान(४, गगन(यान जस्ता मिसन सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चन्द्रयान–४ मिसनमा चन्द्रमाको माटोको नमुना पृथ्वीमा ल्याउने र गगन(यान मिसनमा मानिसलाई अन्तरिक्षमा पठाउने योजना छ ।

इसरोले श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट गत डिसेम्बर ३० मा राति १० बजे स्पेस डकिङ एक्सपेरिमेन्ट मिसन सुरु गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : ५६ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ