भारतीय मुलका चन्द्र आर्यले दिए क्यानाडाको भावी प्रधानमन्त्रीमा उम्मेदवारी | Khabarhub Khabarhub

भारतीय मुलका चन्द्र आर्यले दिए क्यानाडाको भावी प्रधानमन्त्रीमा उम्मेदवारी


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानाडामा जस्टिन ट्रुडोले राजीनामा दिएपछि भारतीय मूलका सांसद चन्द्र आर्य औपचारिक रूपमा क्यानाडाको भावी प्रधानमन्त्रीको दौडमा सामेल भएका छन् ।

हालै उनले उम्मेदवारी दर्ता गराएको नवभारत टाइम्सले लेखेको छ । सो क्रममा उनले क्यानाडाको संसदलाई कन्नड भाषामा सम्बोधन गरेका थिए ।

चन्द्र आर्य मूलतः कर्नाटकको तुमकुर जिल्लाका हुन्, यस हप्ताको सुरुमा उनले क्यानाडाको प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेपछि हालै उम्मेदवारी दर्ता गराएका हुन् । चन्द्र आर्य क्यानडाको नेपियन क्षेत्रबाट सांसद छन् । आर्यले आफ्नो सम्पदाप्रति गर्व व्यक्त गर्दै यस्तो घोषणा गरेका हुन् ।

क्यानाडाको संसदलाई सम्बोधन गर्दै आर्यले भने, ‘कर्नाटकको तुमकुर जिल्लाको शिरा तालुकका एक व्यक्ति क्यानडाको संसद सदस्यमा निर्वाचित हुनु पाउनु झण्डै पाँच करोड कन्नडिगाहरूका लागि गर्वको कुरा हो र अहिले उनी कन्नडमा प्रतिष्ठित संस्थानको कार्यक्रममा बोल्दै छन् ।’

चन्द्र आर्यले लिबरल पार्टीको बैठक अघि नै उम्मेदवारी घोषणा गरेका हुन् । हालै उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘म क्यानडाको प्रधानमन्त्री पदका लागि चुनाव लड्दै छु, हाम्रो देशले संरचनात्मक चुनौतीको सामना गरिरहेको छ, जसका लागि ठोस समाधान चाहिन्छ । हाम्रा बालबालिका र भावी पुस्ताको समृद्धि सुनिश्चित गर्न हामीले साहसी राजनीतिक निर्णयहरू लिनुपर्छ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ७ : ०३ बजे

पाल्पामा आज सिन्दुर जात्रा

तानसे– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न