अमेरिकी ‘सर्ट सेलर’ हिन्डनबर्ग रिसर्च बन्द हुने « Khabarhub

अमेरिकी ‘सर्ट सेलर’ हिन्डनबर्ग रिसर्च बन्द हुने


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी ‘सर्ट सेलर’ तथा चर्चित वित्तीय कम्पनी हिण्डनबर्ग रिसर्च बन्द हुने भएको छ । कम्पनीका संस्थापक नेट एन्डरसनले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

कुनै वाह्य जोखिम वा व्यक्तिगत स्वास्थ्यका कारण नभइ चर्को कामबाट मुक्त हुन यस्तो निर्णय लिइएको उनको भनाइ छ । अब आफ्नो जीवनका अन्य क्षेत्रमा ध्यान दिने एन्डरसनले जनाएका छन् ।

यो कम्पनीले विभिन्न समस्याग्रस्त कम्पनीका बारेमा खोज अनुसन्धान गरेर रिपोर्ट निकाल्ने गरेको थियो । हिन्डनबर्गको रिपोर्ट जारी भएसँगै ती समस्याग्रस्त कम्पनीको शेयर मूल्यमा गिरावट आउँथ्यो र त्यसैमार्फत् हिन्डनबर्गले मुनाफा आर्जन गर्दै आएको थियो ।

सन् २०२३ मा हिन्डनबर्गले भारतीय उद्यमी गौतम अडानीको व्यवसायिक समूहका बारेमा रिपोर्ट जारी गरेको थियो । हिन्डनबर्गको रिपोर्टसँगै अडानी समूहको शेयर मूल्यमा भारी गिरावट आएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : १९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण