जेलेन्स्कीलाई नबोलाई रुस-युक्रेन युद्धबारे वार्ता गर्दै ट्रम्प र पुटिन « Khabarhub

जेलेन्स्कीलाई नबोलाई रुस-युक्रेन युद्धबारे वार्ता गर्दै ट्रम्प र पुटिन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि हुन लागेको वार्तामा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई नबोलाइने भएको छ।

रुस र अमेरिकाले गर्न लागेको वार्तामा युक्रेनलाई नबोलाइएको हो। यसअघि नै युक्रेनमा लागि अमेरिकी दूत केइथ केलोगले युक्रेनलाई सहभागी गराइने बताए पनि साउदी अरेबियामा हुने वार्तामा युक्रेनी प्रतिनिधित्व नरहने बिबिसीले जनाएको छ।

सो वार्तामा युरोपेली नेतालाई पनि बोलाइएको छैन। उनीहरु सोमबार फ्रान्सले आयोजना गरेको पेरिस सम्मेलनमा सहभागी हुनेछन्। अमेरिकाले रुस र युक्रेन युद्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेपछि अहिले भिन्नाभिन्नै वार्ता हुन लागेका हुन्।

अमेरिकाका मध्यपूर्व दूत स्टिभ विटकोफ आइतबार नै साउदी अरेबिया गएका छन्। रुसी प्रतिनिधिमण्डलसँगको वार्ताका लागि अमेरिकी विदेश मन्त्री मार्क रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज सहभागी हुनेछन्।

गत बुधवार युद्ध अन्त्यका लागि रुस र अमेरिकाको बिचमा फोन वार्ता भएपछि यो घटनाक्रम अघि बढेको हो। यसपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आफ्नो अनुपस्थितिमा भएको वार्ताका निर्णय मान्न बाध्य नभएको बताएका छन्। यस बिचमा अमेरिकाले युक्रेनलाई नाटोको सदस्यता दिन अव्यवहारिक भएको समेत बताइसकेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : ४६ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका