अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै « Khabarhub

फोर नेसन्स कप

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । जसमध्ये पहिलो खेल दिउँसो साढे १ बजे म्यानमार र लेबनानबीच हुनेछ । यस्तै, साँझ साढे ५ बजे सुरु हुने दोस्रो खेलमा नेपाल किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा २५औँ स्थान तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८औँ स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ मा किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।

यही फागुन १४ गतेसम्म चल्ने एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताका खेलहरु राउण्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि फाइलनमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : १९ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि