मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित « Khabarhub

मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसीप फुटबलमा लिभरपुलको अग्रता अझ फराकिलो बनाएको छ। आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई २-१ ले हराएको हो। सो जितमा मोहम्मद सलह नायक बने।

घरेलु मैदानमा भएको खेलको १५ औँ मिनेटमा सलहको पासमा लुइज डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए। यस अगाडि १० खेलमा गोल गर्न असमर्थ कोलम्बियाका डियाजले उल्भ्ससँगको खेलमा निर्णायक गोल गरेका हुन्।

त्यसको २० मिनेटपछि डियाजलाई फल प्रहार गरेपछि लिभरपुलले पाएको पेनाल्टीलाई सलाहले उपयोग गरे। सलह पछिल्ला चार खेलमा पाँचौँ गोल गर्न सफल भएका हुन्। उल्भ्सका लागि ६७ औँ मिनेटमा म्याथ्यु चुन्हाले गोल गरे।

यो जितसँगै लिभरपुल ८ अङ्कको अग्रता कायम गर्न सफल भएको हो। लिभरपुल ६० अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५३ अङ्क छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : १४ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि