उत्तरी गोरखाको नुब्री भ्यालीमा दोस्रो पटक हिमपात | Khabarhub Khabarhub

उत्तरी गोरखाको नुब्री भ्यालीमा दोस्रो पटक हिमपात


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गयरातिदेखि यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिइन् ।

‘लामो सुख्खापछि गयरातिदेखि दोस्रो पटक हिउँ परेको हो,’ उनले भने ‘’दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ । मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ । 

भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताए। 

‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उनले भने ‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।’

हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रदर्शक सूर्य खनालले जानकारी दिए।

‘पर्यटकलाई लिएर लार्केपास जानसक्ने अवस्था छैन,’ उनले भने , ‘पर्यटकसहित हामी साम्दोको होटेलमा आश्रय लिएर बसिरहेका छौँ ।’ मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्केपास गरी मनाङ जाने पर्यटक प्रभावित भएको उहाँको भनाइ छ ।

यता लामोसमयपछिको हिमपात सुरु भएसँगै स्थानीयवासी खसी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका हुन् । स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसँगै करुखेती राम्रो हुने भएकाले खुसी भएका हुन् ।  

त्यस्तैगरी सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताए। सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ । चुमभ्याली तर्फभने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : २५ बजे

आन्दोलित शिक्षकलाई प्रचण्डको अपिल– पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पूष्पकमल

घनश्याम भुसालको कटाक्ष- देशको दुर्भाग्य, ओली अझै पनि ‘केपी बा आई लभ यू’ भन्ने मान्छे खोज्दैछन्

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले देश डुबाएर

विश्व नेताहरू फ्रान्सिसको अन्त्येष्टिमा उपस्थित हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसम्मका

बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास 

पोखरा– बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद्

भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी