बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा  « Khabarhub

बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पादका लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको छ । अर्थ मन्त्रालयले आज सार्टलिस्टमा पर्ने पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

सर्टलिस्टमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका छन् । आइतबार पाँच जनाको नाम सर्टलिस्टमा राख्ने निर्णय गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

सर्टलिस्टमा परेकालाई फागुन १० गते दिउँसो २ बजे अन्तर्वार्ताको लागि आउन नाम सिफारिस गर्ने समितले आह्वान गरेको छ ।

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई भ्रष्टाचार मुद्दा लागेपछि प्राधिकरणको पद खाली छ । अहिले अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल अध्यक्षको रुपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १२ : २६ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको