पूर्वराष्ट्रपति भण्डारी बैंककतिर, एक सातामा फर्किने « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी बैंककतिर, एक सातामा फर्किने


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको राजधानी बैंक प्रस्थान गरेकी छन् । साता लामो निजी भ्रमणका क्रममा उनी सोमबार बिहान पाँचजनाको टोलीसहित बैंककतिर लागेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीसँग उनकी छोरी उषाकिरण पनि साथमा छन् । भ्रमण दलमा निजी सहयोगी र सुरक्षा अधिकृत रहेका छन् । भण्डारीसहित ५ जनाको टोली नेपाल एयरलाइन्सको उडान नम्बर आरए-४०१ बाट बिहान ११ बजेर ३८ मिनेटमा बैंकक प्रस्थान गरेकी हुन् ।

भण्डारीला बैंककका लागि बिदा गर्ने क्रममा एमालेका केही नेताहरू पनि विमानस्थलको भीआईपी कक्षमा पुगेका थिए ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, काशीनाथ अधिकारी, एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र अनेरास्ववियुका अध्यक्ष समिक बडालसहित भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा देखिए ।

भण्डारीको सचिवालयले यो भ्रमणलाई नितान्त व्यक्तिगत भनेको छ । ‘पूर्वराष्ट्रपतिज्यू नितान्त व्यक्तिगत कामले बैंकक जानु भएको हो । शंका गर्नुपर्ने त्यस्तो केही छैन’, उनको सचिवालयका एक सदस्यले भने, ‘उहाँ सात दिनमा फर्किनु हुने कार्यतालिका छ । छोरी र सहयोगीका रुपमा सुरक्षा अधिकृत मधु साहबाहेक अरु नेता कोही गएका छैनन् ।’

सचिवालयका अनुसार हिपको समस्यासँग जुधिरहेकी भण्डारी नियमित परीक्षणका लागि त्यसतर्फ गएकी हुन् । ‘उहाँ पहिले पनि नियमित उपचारमा बैंकक गइरहनु हुन्थ्यो’, सचिवालयका एक सदस्यले भने, ‘यस पटक पनि हिपकै उपचार र स्वास्थ्य परीक्षण गर्न जानु भएको हो। यो फलोअप चेकिङका लागि भएको व्यक्तिगत भ्रमण हो ।’

नेपाली नेताहरू उपचारका लागि भन्दै बैंकक, सिंगापुर र हङकङ धाइरहने पुरानै परम्परा हो । पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । उनले त्यसका लागि तयार पनि गर्दैछिन् । गत माघमा उनले गण्डकी र कोशी भ्रमण गरेर जनमत बटुल्ने काम पनि गरिन् ।

गण्डकी र कोशी यात्रापछि उनी अन्य प्रदेशमा पनि जाने तयारी थियो । तर, अहिले उपचारका लागि बैंककतर्फ निस्किएकी हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : २९ बजे

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ