सभामुखले बोल्न नदिएपछि जब सुमना रिसाएर संसद्‍बाट हिँडिन् « Khabarhub

सभामुखले बोल्न नदिएपछि जब सुमना रिसाएर संसद्‍बाट हिँडिन्


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सोमबार संसद्‍ बैठकबाट रिसाउँदै बाहिरिएकी छन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले संसद् बैठक बहिस्कार गरेर हिँडेकी हुन् ।

सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न खोजेकी उनलाई सभामुख देवराज घिमिरेले रोकेका थिए । समय माग्दा पनि बोल्न नदिएपछि उनी सभामुखसँग दोहोरी चलेएपछि झोंक्किँदै हिँडेकी हुन् ।

सभामुखले सोमबार दलीय आधारमा आकस्मिक समयमा रास्वपाका अशोक चौधरीलाई बोल्न दिए । त्यसपछि एमाले सांसद सम्झना थपलियालाई बोल्न दिएर सभामुखले शून्य समयतिर बैठकलाई लगे ।

तर सभामुख घिमिरेले शून्यतिर बैठकलाई लगेपछि सुमना एक्लै उठेर विरोध गरिन् । रास्वपाका अरु सबै सांसद भने बसिरहेका थिए ।

रास्वपाका अर्का सांसद चौधरीले आकस्मिक समयमा बोलिसके पनि उनलेसमेत समय मागेकी थिइन् ।

तर सभामुख घिमिरेले सुमनालाई बोल्ने अनुमति दिएनन् । उनले सुमनालाई सिटमा आसन ग्रहण गर्न भने ।

त्यसक्रममा केहीबेर चर्को स्वर पनि सुनियो । सभामुखसँग दोहोरी चलेपछि उनी बैठक छाडेर हिँडिन् ।

यसअघि गत माघ १८ गते हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि प्रतिपक्षी रास्वपाले १५ मिनेट बैठक बहिष्कार गरेको थियो । आफ्नो माग सुनुवाइ नभएको बताउँदै रास्वपाले अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि बहिष्कार गरेको थियो ।

त्यसबेला हिउँदे अधिवेशन सुरू भएको जानकारी सभामुख घिमिरेले दिएपछि पार्टीका सांसदले उठेर विरोध जनाएका थिए । सभापति रवि लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयप्रति आपत्ति जनाउन रास्वपाले समय मागेको थियो ।

तर सभामुखले बैठकमा सबै दलका सांसदले बोल्ने कार्यसूची रहेकाले शुरुमा बोल्न समय नदिने बताएपछि रास्वपाका सांसदहरूले उठेर केहीबेर अवरोध गरेपछि बहिष्कार गरेका थिए ।

रास्वपाले बहिष्कार गरे पनि सभामुख घिमिरेले बैठकलाई निरन्तरता दिए । १५ मिनेटको बहिष्कारपछि रास्वपाका सांसद बैठकमा फर्किएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : १५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट