सभामुखले बोल्न नदिएपछि जब सुमना रिसाएर संसद्‍बाट हिँडिन् « Khabarhub

सभामुखले बोल्न नदिएपछि जब सुमना रिसाएर संसद्‍बाट हिँडिन्


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सोमबार संसद्‍ बैठकबाट रिसाउँदै बाहिरिएकी छन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले संसद् बैठक बहिस्कार गरेर हिँडेकी हुन् ।

सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न खोजेकी उनलाई सभामुख देवराज घिमिरेले रोकेका थिए । समय माग्दा पनि बोल्न नदिएपछि उनी सभामुखसँग दोहोरी चलेएपछि झोंक्किँदै हिँडेकी हुन् ।

सभामुखले सोमबार दलीय आधारमा आकस्मिक समयमा रास्वपाका अशोक चौधरीलाई बोल्न दिए । त्यसपछि एमाले सांसद सम्झना थपलियालाई बोल्न दिएर सभामुखले शून्य समयतिर बैठकलाई लगे ।

तर सभामुख घिमिरेले शून्यतिर बैठकलाई लगेपछि सुमना एक्लै उठेर विरोध गरिन् । रास्वपाका अरु सबै सांसद भने बसिरहेका थिए ।

रास्वपाका अर्का सांसद चौधरीले आकस्मिक समयमा बोलिसके पनि उनलेसमेत समय मागेकी थिइन् ।

तर सभामुख घिमिरेले सुमनालाई बोल्ने अनुमति दिएनन् । उनले सुमनालाई सिटमा आसन ग्रहण गर्न भने ।

त्यसक्रममा केहीबेर चर्को स्वर पनि सुनियो । सभामुखसँग दोहोरी चलेपछि उनी बैठक छाडेर हिँडिन् ।

यसअघि गत माघ १८ गते हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि प्रतिपक्षी रास्वपाले १५ मिनेट बैठक बहिष्कार गरेको थियो । आफ्नो माग सुनुवाइ नभएको बताउँदै रास्वपाले अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि बहिष्कार गरेको थियो ।

त्यसबेला हिउँदे अधिवेशन सुरू भएको जानकारी सभामुख घिमिरेले दिएपछि पार्टीका सांसदले उठेर विरोध जनाएका थिए । सभापति रवि लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयप्रति आपत्ति जनाउन रास्वपाले समय मागेको थियो ।

तर सभामुखले बैठकमा सबै दलका सांसदले बोल्ने कार्यसूची रहेकाले शुरुमा बोल्न समय नदिने बताएपछि रास्वपाका सांसदहरूले उठेर केहीबेर अवरोध गरेपछि बहिष्कार गरेका थिए ।

रास्वपाले बहिष्कार गरे पनि सभामुख घिमिरेले बैठकलाई निरन्तरता दिए । १५ मिनेटको बहिष्कारपछि रास्वपाका सांसद बैठकमा फर्किएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : १५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई