मेहनत र परिश्रम गरे देशमै भविष्य छ : उपप्रधानमन्त्री सिंह « Khabarhub

मेहनत र परिश्रम गरे देशमै भविष्य छ : उपप्रधानमन्त्री सिंह


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता आवश्यक पर्ने बताएका छन् । 

मनास्लु वल्ड स्कुलले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनै पनि विकसित देश एकैदिनमा नबनेको बताए।

 ‘रोम वाज नट बिल्ट इन अ डे’ भनेजस्तै अहिलेका विकसित देश अमेरिका,बेलायतसहितका देशहरू बन्न वर्षौँ लागेको चर्चा गर्दै उनले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेको भन्दै चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । 

उनले अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको भन्दै प्रजातन्त्र प्राप्ति पछि सबै क्षेत्रमा ठुलो परिवर्तन भएको दाबी गरे । खासगरि युवापुस्तामा नेपालमा बसेर के हुन्छ भन्ने गलत भाष्य बनाइएको भन्दै अहिले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरूलाई आग्रह गरे । 

कडा मेहनत र परिश्रमबिना लक्ष्य प्राप्ति गर्न असम्भव रहेको भन्दै विद्यार्थीहरूले अध्ययनमा लगनशील हुनुपर्ने उनको सुझाव थियो । उहाँले देशमै अवसर भएको भन्दै त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको पनि बताए। 

‘ गुणस्तरीय शिक्षा मात्र सबैथोक होइन । सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासन विना केही हुनेवाला छैन,’ उपप्रधानमन्त्री सिंहले भने , ‘व्यापार,उद्योग,शिक्षा, खेलकूद, सामाजिक काम, कलासँस्कृति जुनसुकै क्षेत्रमा क्षमता र मेहनत भयो भने तपाईँलाई समाजले पहिचान गर्छ भन्नेमा दुई मत नराख्नुस् । नेपालमै बसेर गुण्स्तरीय शिक्षा पाउन सकिन्छ र त्यसपछि पनि यहीँ बसेर आफ्नो क्यारियर डेभलपमेन्ट गर्न सकिन्छ ।’ 

उनले मानिस कुनै क्षेत्रमा सफल भएपनि उसले समाजलाई के योगदान गर्‍यो भन्ने आधारमा मूल्यांकन हुने भन्दै असल व्यक्ति हुनेकुरामा ध्यान दिन सुझाव दिए । 

कार्यक्रमम ५ विधाबाट सम्मानित व्यक्तित्वहरूलाई उपप्रधानमन्त्री सिंहले सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा समाजसेवी अनुराधा कोइराला, नायक राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँ सम्मानित भएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ४ : ०५ बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा