बंगलादेशको अन्तरिम सरकारलाई ह्युमन राइट्स वाचले भन्यो- निष्पक्ष भएर कानुन कार्यान्वयन गर्नू « Khabarhub

बंगलादेशको अन्तरिम सरकारलाई ह्युमन राइट्स वाचले भन्यो- निष्पक्ष भएर कानुन कार्यान्वयन गर्नू


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बंगलादेशको अन्तरिम सरकारलाई कानुन कार्यान्वयनमा निष्पक्षता अपनाउन आग्रह गरेको छ । 

ह्युमन राइट्स वाचले एक विज्ञप्ति जारी गर्दै बंगलादेशको अन्तरिम सरकारलाई यस्तो आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा बंगलादेशमा राजनीतिक स्वार्थप्रेरित हिंसाका घटना बढिरहेको उल्लेख रहेको भन्दै यसको समाधान गर्न पनि उक्त संस्थाले आग्रह गरेको छ । त्यसबाहेक बंगलादेशमा गैरन्यायिक हत्या, यातना र सामूहिक धरपकडजस्ता घटना पनि भइरहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत वर्षको अगस्ट महिनामा भएको आन्दोलनसँगै तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पद त्यागेपछि बंगलादेशमा अन्तरिम सरकारले शासन चलाइरहेको छ । 

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले सत्ता सम्हालेसँगै बंगलादेशमा अल्पसङ्ख्यक र हसिनाको पार्टीका कार्यकर्तामाथि हिंसात्मक आक्रमणका घटना बढिरहेको बताइएको छ ।

हालै त्यहाँको सेनाले अपरेसन डेभिल हन्ट नामक सैन्य कारबाही चलाएको छ । उक्त सैन्य अभियानका क्रममा हसिनाको अवामी लिग पार्टीप्रति आस्था राख्ने २ हजार जनाभन्दा धेरैलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल