ओडिसामा नेपाली विद्यार्थीमाथि ज्यादतीबारे परराष्ट्रमन्त्री भन्छिन्- तदारुकताका साथ कूटनीतिक पहल भइरहेको छ « Khabarhub

ओडिसामा नेपाली विद्यार्थीमाथि ज्यादतीबारे परराष्ट्रमन्त्री भन्छिन्- तदारुकताका साथ कूटनीतिक पहल भइरहेको छ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको भएको घटनाबारे आवश्यक कूटनीतिक पहल भइरहेको जनाएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालिरहेको बताएकी हुन् । 

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेका मन्त्री डा. देउवाले यससम्बन्धी समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रूपमा लिएर बिहानदेखि कूटनीतिक पहल सुरु गरेको जानकारी दिइन् ।  

मन्त्री डा. देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग बिहानैदेखि सम्पर्कमा रहेर भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याबारे तत्परता लिई काम गर्न निर्देशन दिएको जानकारी दिइन्। 

त्यही बमोजिम राजदूत डा शर्माले काम गरिरहेको बताउँदै उनले केही बेरअघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको जनाएकी छन् ।

त्यसैगरी आजै अपराह्न आफूले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको बताएकी छन् । उनले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिएको मन्त्री डा. देउवाले बताइन्। 

यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको र पछिल्लो अवस्थाबारे जानकारी गराउने पनि मन्त्री देउवाले बताएकी छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : १६ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता