फोहरी राजनीतिकरणले खेलकुद क्षेत्र तहसनहस भयो : कमल थापा « Khabarhub

फोहरी राजनीतिकरणले खेलकुद क्षेत्र तहसनहस भयो : कमल थापा


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अत्यन्तै सम्भावना भएको नेपाली खेलकुद क्षेत्र फोहरी राजनीतिकरणका कारण तहसनहस भएको बताएका छन् । 

ठुलो उत्साह ,ऊर्जा र आत्मबल भएका खेलाडीहरू छन् ,तर खेलाडीहरूको ऊर्जालाई मार्ने काम भएको छ भन्दै थापाले आज खेलाडी पलायन सिङ्गो देशको लागि दुर्भाग्य भएको बताए ।

 चौथो विश्व क्योकुशीन तेजुका फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागी खेलाडी तथा अफिसियल टोलीलाई शुभकामना सहित बिदाइ गर्दै थापाले भने, ‘सिमित साधन स्रोतका बाजबुद पनि खेलाडी देशका लागि खेल्न तयार छन् तर राज्यसङ्ग कुनै नीति, कार्यक्रम, योजना छैन, यो दुर्भाग्य हो ।’ 

विश्व च्याम्पियनसिपमा भाग लिन टोलि पर्सि जापानतर्फ जाने छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ५९ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता