आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ४ गते सोमबार चैत कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मार्च १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : साथीले असहयोग गर्दा काम नबन्ने जोखिम छ। आम्दानी भन्दा खर्च बढ्नेछ। व्यापारमा घाटा हुने भएकाले लगानी नगर्नु उचित हुनेछ।

वृष : बोल्दा सचेत बन्नुपर्नेछ। बोल्नै परे परोपकारमा बोली खर्च गर्नु उचित हुन्छ। व्यापारमा घाटा हुने भएकाले लगानी नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भन्दा बाहिरका साथीले सहयोग दिनेछन्।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। परिवारमा झन्झट आइपर्ने जोखिम छ। साथीभाइसँगको कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्ने जोखिम छ।

सिंह : संयुक्त लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा आयोजना भएको घुमघाम रमाइलो बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। काम गर्दा एकल निर्णय लिनु भन्दा सल्लाह गरेमा फाइदा हुनेछ।

कन्या : डुब्न लागेको सम्पत्ति हात लाग्ने दिन छ। साथीको साथ मिल्नेछ। सोचेको काम बन्नेछ। स्वास्थ्यले साथ दिन मन शान्त बन्नेछ। परिवारमा कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ।

तुला : तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछन्। परिवारले भन्दा बाहिरका व्यक्तिको प्रशंसा सुन्नुपर्नेछ। साथीको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। सोचेका काम अधुरा हुनेछन्। सभा र सम्मेलनमा थोरै बोलेर अगाडि बढ्नुहोला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। परिवारमा अरुको नेतृत्व स्वीकार्य नहुने जोखिम छ।

मकर : सञ्चित धन खर्च हुनेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथीबाट सहयोग प्राप्त हुनेछ।

कुम्भ : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ।

मीन : आम्दानी भन्दा खर्च बढ्ने दिन छ। सहकार्यमै रहेका साथी तपाईंको बोलीका कारण टाढा पुग्नेछन्। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ०३ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र