स्ववियु चुनाव : चर्चित क्याम्पसमै तालाबन्दी (भिडियो) « Khabarhub

स्ववियु चुनाव : चर्चित क्याम्पसमै तालाबन्दी (भिडियो)


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण गर्ने मिनी इलेक्सनका रूपमा हेरिने स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ । त्रिभुवन विश्वविद्यालयका अनुसार देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ । दलका भातृ संगठनहरु चुनावको तयारीमा जुटेका छन् ।

देशभरका सबै क्यापसमा एकैसाथ चुनाव गराउने त्रिवि विद्यार्थी कल्याण खेलकुद परिषद् प्रमुख पशुपति अधिकारी बताउँछन् ।
तर, त्रिविले यस्तो दाबी गरे पनि आइतबार खबरहबको टोली केही क्याम्पसको अनुगमनमा निस्कँदा काठमाडौंका केही चर्चित क्यापसमै ताला लागेको भेटियो ।

विद्यार्थी संघठन र क्याम्पस प्रशासनबीच कुरा नमिल्दा त्रिचन्द्र क्यापसका साथै प्रदर्शनीमार्गमा रहेको विश्व भाषा क्याम्पसमा पनि ताला लागेको पाइयो ।

कलेजमा भइरहेको विवाद र तालाबन्दीका कारण मतदाता अर्थात् विद्यार्थीहरु नै त्रसित देखिने गरेका छन् ।

नेपाल ल क्याम्पस र रत्न राज्यलक्ष्मी क्यापसमा पनि विवाद देखिएको छ । तर, रत्न राज्यका क्यापस प्रमुख प्राडा पदम कुमार अधिकारी भने जुनसुकै हालतमा निर्वाचन हुने दाबी गर्छन् ।

काठमाडौंका विभिन्न क्यापसमा निर्वाचन सफल बनाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीबाहेक अन्य व्यक्तिलाई क्याम्पस प्रवेश रोक लगाइएको छ । प्रहरीले परिचयपत्रका आधारमा मात्रै विद्यार्थी प्रवेश गर्न दिएको छ ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। २०६५ साल चैत ६ गतेपछि आठ वर्षमा २०७३ चैत १५ गते केही क्यापसमा निर्वाचन भएको थियो ।

पछिल्लो पटक २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो। तर त्यसबेला पनि केही चर्चित क्यापसमा विवादका कारण चुनाव रोकिएको थियो ।

विद्यार्थीको हकहितका लागि खुलेका संगठनबीच सधैं हुने विवाद र झडपका कारण स्ववियु चुनावको औचित्यमाथि संसदमा समेत प्रश्न उठ्न थालेको छ ।

हेर्नुहोस् भीडियो :

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ५६ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध