कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ? | Khabarhub Khabarhub

कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ?


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किने बारे  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । 

सुनिता र बुचलाई लिन गएको स्पेसएक्सको अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेपछि अब नासाले उनीहरूलाई फर्किने प्रक्रिया शुरु हुने जानकारी दिएको हो । 

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट एजेन्सीको स्पेसएक्स क्रू-९ पृथ्वीमा फर्कने प्रक्रिया नेपाली समय अनुसार मंगलबार बिहानदेखि शुरु हुने बताएको छ ।

नासाले सुनिता र बुचका अलावा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोस अन्तरिक्ष यात्री एलेक्जेन्डर गोर्बुनोभ पनि सँगै फर्किन लागेको जानकारी दिएको छ । 

आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए । 

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो । -न्युजकारखाना

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ५८ बजे

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने

चितवन– पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न

इरानको बन्दरगाहमा भयानक बिष्फोट १४ जनाको मृत्यु

तेहरान– इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको

सर्लाही भन्सारमा राजस्व संकलन घट्यो

बरहथवा– जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड

आजको मौसम : तराईमा तातो हावा चल्ने

काठमाडौं– हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको

सांसद राई पक्राउ परेको जानकारी दिइयो सभामुखलाई

काठमाडौं– प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको जानकारी